वंशी (स्त्रीलिङ्ग)
अर्थ−
१. बाँसुरी,
२. वंशलोचन,
३. नसो,
४. चार कर्ष वा आठ तोला बराबरको तौल,
५. त्रसरेणु बराबरको परिमाण । ‘त्रसरेणुस्तु पर्यायनाम्ना वंशी निगद्यते’ (शार्ङ्गधरसंहिता),
६. झ्यालबाट सूर्य किरण कोठाभित्र पस्दा देखिने उडेको धुलो । ‘जालान्तरगतैः सूर्यकरैर्वंशी निगद्यते’ (शार्ङ्गधरसंहिता) ।