वातावरणः (पुंलिङ्ग)
अर्थ−
१. त्यस्तो हावा जसले पृथ्वीको चारैतिर घेरेको छ,
२. त्यस्तो आसपासको परिस्थिति, जसको जीवन वा अरू कुरामा प्रभाव पर्छ । पृथ्वीको कुनै स्थान वा क्षेत्रको कुल अवस्थालाई वातावरण भनिन्छ । वातावरण दुईथरी हुन्छ - प्राकृतिक, सांस्कृतिक (सामाजिक) । आपसेआप बनेको प्राकृतिक जस्तै - पहाड, जङ्गल, मैदान, खोला आदि । मानिसले बनाएको सांस्कृतिक, जस्तै व्रत, उत्सव, चाडपर्व, चालचलन आदि ।