वाममार्गः (पुंलिङ्ग)
अर्थ−
मानिसको दाँतको माला, ढुङ्गो वा खप्परको पात्र, माडेको छालाको आसन, आइमाईको कपालका रौँको बाला, मदिरातत्त्व भएको द्रव्य, मासु आदि खानेकुरा, साना जातका माछा चपाउनु, वीणाको आवाज र कथा मुद्रा, परस्त्री सँगको मैथुन र सबै वर्णहरूमा समानता गर्नुलाई वामाचार वा वाममार्ग भनिन्छ । (तर यसको गूढार्थ गुरुमुखबाट जानुपर्छ) वाममार्गका ५ भेद छन् - कौलिक, वाम, चीनक्रम, सिद्धान्तीय र शावर । भनाइ छ-
“मालानृदन्तसम्भूता पात्रं पाषाणमुण्डकम् । आसनं सिद्धचर्मादि कङ्कणं स्त्रीकचोद्भवम् ॥
द्रव्यमासवतत्त्वाढ्यं भक्ष्यं मांसादिकं शिवे । चर्वणं बालमत्स्यादि मुद्रावीणारवःकथा ॥
मिथुनं परकान्ताभिः सर्ववर्णसमानता । वामाचार इति प्रोक्तः सर्वसिद्धिप्रदः शिवे ॥”
(पुरश्चर्यार्णवे) ।