वार्ध्रीणसः (पुंलिङ्ग)
अर्थ−
१. गैँडा,
२. पानी पिउँदा दुवै कानले पानी छुने, इन्द्रिय शिथिल भएको बुढो सेतो बाख्रोलाई यज्ञकर्ताहरूले श्राद्धकर्ममा वाणस भन्दछन् । बूढो, लामो दाह्री भएको, सेतो, हिंड्दा गोडाको आवाज आउने, शिथिल इन्द्रिय भएको, पानी पिउँदा दुवै कानले पानी छुने, रातो जिब्रोको, सीङ नभएको, कराउँदा बेग्लै स्वर गर्ने बाख्रोलाई वार्ध्रीणस भन्दछन्,
३. पहेँलो ठूँड, रातो टाउको, सेतो पखेटा, कालो खुट्टा, नीलो घाँटी, गुलाफी रङ्गको गला भएको चरालाई वार्ध्रीणस पन्छन्,
४. कालो घाँटी, रातो टाउको सेतो पखेटा भएको चरा ।भनाइ छ-
“त्रिपिबं त्विन्द्रियक्षीणं वृद्धं श्वेतमजापतिम् ॥
वार्ध्रीणसं तु तं प्राहुर्याज्ञिकाः श्राद्धकर्मणि ॥
वद्धः श्मश्रुधरः श्वेतः पादस्फोटीन्द्रियोज्झितः ॥
त्रिपिबो रक्तरसनो निःशृङ्गः स्वरभङ्ग्यजः ॥
पीतचञ्चू रक्तशिराः सितपक्षोऽसिताङ्घ्रिपः ॥
नीलग्रीवः पाटलाभगलो वार्ध्रीणसः खगः ॥
(कल्किपुराणे) कृष्णग्रीवो रक्तशिराः श्वेतपक्षो विहङ्गमः ॥
स वै वार्ध्रीणसः प्रोक्तः ॥”
(विष्णुपुराणे) ।