विप्लवः (पुंलिङ्ग)
अर्थ−
१. देशमा अशान्ति/उपद्रव,
२. विद्रोह/ उथलपुथल,
३. आपत्ति,
४. विरोध,
५. नदीको बाढी,
६. नदी आदि पानीमा पौडनु,
७. अर्को राष्ट्रद्वारा मच्चाइएको अशान्ति,
८.विनाश,
९. दुःख,
१०. पापको काम,
११. डुङ्गा वा जहाज आदि डुब्नु,
१२. लुटपिटको लडाइँ,
१३. ऐनामा जम्ने वा टाँसिने धुलो,
१४. घोडाको ज्यादा छिटो चाल ।
“अपवर्जितविप्लवे शुचौ हृदयग्राहिणि मङ्गलास्पदे ॥
विमला तव विस्तरे गिरां मतिरादर्श इवाभिदृश्यते ॥”
(किरातार्जुनीय) ।