विभूतिः (स्त्रीलिङ्ग)
अर्थ−
१. यज्ञकुण्डको खरानी,
२. विभूत/ कपिला गाईले गोब्य्राउन लाग्दा बिचैमा थापिएको गोबर सुकाएर बालेर खनाइएको खरानी,
३. बडप्पन,
४. महत्त्व,
५. ऐश्वर्य,
६. बढ्ती,
७. धनसम्पत्ति,
८. दिव्य वा अलौकिक शक्ति,
९. लक्ष्मी,
१०. सृष्टि,
११. रामलाई विश्वामित्रद्वारा दिइएको एक दिव्यास्त्रविशेष ।
“कपिलायाश्च संगृह्य गोमयं चान्तरिक्षगम् ॥
शुष्कं कृत्वाऽथ सन्दाह्य विभूत्यर्थं शिवप्रियैः ॥
विभूतीति समाख्याता सर्वपापप्रणाशिनी ॥”
(स्कन्दपुराण) ।