विवाहाग्निपरिग्रहः (पुंलिङ्ग)
अर्थ−
विवाहमा लाजा होम गरिने आवसथ्याग्निलाई घरमा स्थापना गरी नित्य हवन गरिने द्विजातिको सोह्रसंस्कारमध्ये पन्ध्रौं संस्कार । जसमा यो अग्नि-अरणि मन्थनबाट वा कुनै धेरै पशुपाल्ने वैश्यको घरको आगोबाट ल्याउनु भन्ने छ । यस संस्कारको अग्निका विवाहाग्नि आवसथ्याग्नि, आनाय्याग्नि वा गृह्याग्नि नाम छन् ।