विवेकज्ञानम् (नपुंसकलिङ्ग)
अर्थ−
तत्त्वज्ञान, ग्रहितृविषयक समाधिबाट रजोगुण र तमोगुण हटेर जब सत्वगुण आउँछ तब पुरुष र प्रकृतिको भिन्नताको अनुभव गर्ने वृत्ति रहन्छ यसैलाई विवेकज्ञान भनिन्छ । विवेकज्ञानक्षण (कालको सानोभन्दा सानो हिस्सा र क्षणको क्रममा संयम गर्दा उत्पन्न हुन्छ । निश्चल र निर्दोष विवेकज्ञान भएपछि पुनर्जन्मादि भावी दुःखहरूको उपाय हुन्छ । त्यस्तो विवेक ज्ञान प्राप्त पुरुषको कार्यविमुक्ति प्रज्ञा चार किसिमका र चित्तविमुक्ति प्रज्ञा तीन किसिमका समेत सात प्रज्ञा उत्पन्न भएर धर्ममेध समाधि प्राप्त हुन जान्छ । (पातञ्जलयोगदर्शन) ।