संस्कृत-शब्दकोशः

विश्वरुचि विश्वरूपक

विश्वरूप

विश्वरूप (विशेषण)


अर्थ−
जताततै व्यापक रूपले रहेको वा हरेक कुराको रूप लिएको ।


विश्वरूपः (पुंलिङ्ग)


अर्थ−
१. विष्णु,
२. शिव,
३. कृष्णले महाभारतको बेला अर्जुनलाई देखाइएको वा दुर्गाले देवताहरूलाई देखाएको देवीगीताअनुसारको विराट् रूप,
४. त्वष्टानामका प्रजापतिको छोरो, तीन शिर भएकाले यिनलाई त्रिशिरा भनिन्थ्यो । यिनको तीनै शिरले इन्द्र पद पाउने प्रार्थना गर्दै तपस्या गरे जसमध्ये एक शिरले सोमरस पिउँदै वेदाध्ययन, अर्को शिरले सुरा पिउने र तेस्रो शिरले दिशाहरूलाई नै पिउँछ कि भने जस्तो गरी हेर्थ्यो । यस्तो तपस्याबाट डराएर इन्द्रले तीनै शिर काटे । वेदाध्यन गर्ने र सोमरस पिउने शिरबाट कपिञ्जल (सेता तित्रा), दिशालाई पिउने गरी हेर्ने शिरबाट तित्तिर (तित्रा) र सुरापान गर्नेबाट कलविङ्क, श्येन (भंगेरा र बाज) चराहरू निस्के ।

“त्वष्टा प्रजापतिर्ह्यासीत्.......... ॥
...................विश्वरूपो महाद्युतिः ॥
तैस्त्रिभिर्वदनैर्घोरैः ........ ॥
वेदानेकेन सोऽधीते सुरामेकेन चापिबन् ॥
एकेन च दिशः सर्वाः पिबन्निव निरीक्षते ॥.... ॥
मुमोच वज्रं सङ्क्रुद्धः शक्रस्त्रिशिरसं प्रति .... ॥
निकृन्तेषु ततस्त्वेषु निष्क्रामन्नण्डजास्तथा ॥
कपिञ्जलाः तित्तिराश्च कलविङ्काश्च सर्वशः ॥.... ॥
कलविङ्काः समुत्पेतुः श्येनाश्च भरतवर्षभ ॥”

(महाभारत ३/४२) ।


विश्वरूपम् (नपुंसकलिङ्ग)


अर्थ−
कृष्णागुरु/कालो अगुरु ।



Correction: