संस्कृत-शब्दकोशः

विश्वौही विषकण्ट

विष

विषम् (नपुंसकलिङ्ग)


अर्थ−
१. जल / पानी,
२. कमलको रेसा,
३. गुग्गुल,
४.स्वास्थ्य, सुख, शान्ति वा स्वतन्त्रतामा बाधा पुऱ्याउने कुरा,
५. बोल/हीराबोल,
६. अतीस,
७. वत्सनाभविशेष,
८. कलिहारी,
९. खाँदा, सुङ्दा, शरीरमा लाग्दा वा रगतमा मिल्न जाँदा मार्ने/बेहोसपार्ने/बौलाहा गराउने, एक नासले निद्रा पार्ने, लठ्याउने वा बिरामी गराउने वस्तु । यो आयुर्वेदअनुसार समुद्रमन्थन गर्दा निस्केको वा कैटभनामको दैत्यलाई मार्न ब्रह्मा रिसाउँदा प्रकट भएको भन्ने छ । साधारणतया विषका चार भेद छन् - १) ‘स्थावरविष’ - बोट, लहरा, ढुङ्गा आदिबाट निस्कने,
२) ‘जङ्गमविष’ - सर्प, किरा, जानवर आदिमा हुने ३) ‘कृत्रिमविष’ - मानिसले कुनै वस्तुबाट बनाएको । तर कृत्रिम विष दुई किसिमको हुन्छ - ‘दूषीविष’ - प्राकृतिक विष र कृत्रिम विषको मिलानबाट भएको, ज्यादै पुरानो, विषमारक ओखतीले नाश पारेको, डढेलो, हावा वा घामले सुकेर विषको काम गर्न नसक्नेलाई पनि - ‘दूषीविष’ भनिन्छ, ‘गरविष’ - विषसँग सम्बन्ध नरहेको तर विषको काम गर्ने (जस्तै - रोगीको खटिरा, पसिना, थुक वा रज आदिबाट हुने) ४) ‘उपविष’ - आँकको दुध - सिउँडीको दुध कलिहारी, करवीर, रातिगेडी, अफिम, धतुरो आदि । ‘स्थावरविष’ दश ठाउँमा हुन्छ - जरा, पात, फल, फूल, दुध, सार, चोप, धातु र गानो । ‘जङ्गमविष’ सोह्र ठाउँमा हुन्छ - आँखा, सास, दाह्रो, नङ, मुत, दिसा, वीर्य, रज, ऱ्याल, मुख, अपानवायु, गुदद्वार, हाड, पित्त, खिल र मरेको शरीर ।


हेरौँ- विष् धातु



Correction: