विषकन्या (स्त्रीलिङ्ग)
अर्थ−
१. चतुर्दशीको दिन चित्रानक्षत्रमा सूर्य वा चन्द्रमा रहन जाँदा जन्मेकी कन्या जससँग विवाह गरेको छ महिनामा नै लोग्नेको मृत्यु र धनसम्पत्तिको नाश हुन जान्छ,
२. बालककालदेखि नै विषको प्रयोग गरी पोसिएकी कन्या जोसँग तरुणी अवस्थामा सम्भोग गर्दा विष सर्न गएर पुरुषको मृत्यु हुनेगर्छ ।
“या कन्या प्राप्नुयाज्जन्म चित्रासंस्थे दिवाकरे ॥
चन्द्रे वापि चतुर्दश्यां सा भवेद्विषकन्यका ॥
यस्तस्याः प्रतिगृह्णाति पाणिं पार्थिवसत्तम ॥
षण्मासाभ्यान्तरे मृत्युं स प्राप्नोति नरो ध्रुवम् ॥
यस्मिन् सा जायते हर्म्ये षण्मासाभ्यन्तरे च तत् ॥
करोति विभवैर्हानिं धनदस्याप्यसंशयम् ॥”
(स्कन्दपुराण, नारदखण्ड ६/६१/६-७) ।