विषयः (पुंलिङ्ग)
अर्थ−
१. त्यस्तो काम वा कुरा जसको सम्बन्धमा केही भनिन्छ वा विचार गरिन्छ अर्थात् काम गर्ने प्रकार, अध्ययन गर्ने कुरा आदि,
२. पाँच ज्ञानेन्द्रिय,
३. सांसारिक वस्तु,
४. सम्पत्ति,
५. सारांश / मजबुन,
६. लौकिक आनन्द वा मैथुनसम्बन्धी / सम्भोग,
७. ठुलो प्रदेश वा राज्य, ‘वयं तस्य नरेन्द्रस्य विषये निवसामहे’ (महाभारत, आदिपर्व ४१/२०),
८. पदार्थ / वस्तु,
९. उद्देश्य,
१०. सीमा,
११. विभाग,
१२. प्रसङ्ग,
१३. ठाउँ,
१४. आश्रम/बसिने ठाउँ,
१५. गाउँको समूह ।
“विषयो यस्य यो ज्ञातस्तत्र गोचरदेशयोः ॥
शब्दादौ जनपदे च ॥”
(हैम) ।
“विषयो गोचरे देशे तथा जनपदेऽपि च ॥
प्रबन्धाद्यस्य यो ज्ञातस्तत्र रूपादिके पुमान् ॥”
(मेदिनी),
१६. पति/लोग्ने,
१७. वीर्य,
१८. धार्मिक कर्म,
१९. त्यो चिज जसलाई ज्ञानेन्द्रियले ग्रहण गर्छ । जस्तै - नाकको विषय- ‘गन्ध’, कानको विषय - ‘आवाज’, आँखाको विषय - ‘रूप’, जिब्राको विषय - ‘रस’, छालाको विषय - ‘स्पर्श’ । ‘रूपं शब्दो गन्धरसस्पर्शाश्च विषया अमी ॥
गोचरा इन्द्रियार्थाश्च’ (अमरकोश) ।