विष्कम्भकः (पुंलिङ्ग)
अर्थ−
१. छेस्किनी/गजबार,
२. रोक/ अडचन/ बाधा,
३. त्यो मुख्य सत्तरी जसमाथि छत हालिन्छ,
४.खम्बा,
५. रूख/ वृक्ष,
६. लम्बाइ / विस्तार,
७. नाटकको त्यो अङ्क जसमा पहिले देखाइसकिएको, बिचमा हुने वा पछि देखाइने कथाको सूचना बिचमा खेल गर्ने पात्रहरूद्वारा दिइन्छ,
८. वृत्तको व्यास,
९. योगीहरूको एक प्रकारको बन्ध,
१०. पर्वतविशेष ।