विष्किरः (पुंलिङ्ग)
अर्थ−
१. खोस्ने र खाने जातिका चरा, जस्तै - पोथी बट्टाई, लाभेचरो, बट्टाई, सेतो तित्रो, भँगेरो, कुखुरा आदि चराहरू,
२. नङ्ग्राले कोतर्ने, खोस्रने वा छितार्ने क्रिया,
३. सर्पविशेष,
४. कुखुरो ।
“वर्त्तकाववर्तीरकपिञ्जलकतित्तिराः ॥
कुलिङ्गकुक्कुटाद्याश्च विष्किरा समुदाहृताः ॥”
(अभिनवनिघण्टु) ।