विष्टिः (स्त्रीलिङ्ग)
अर्थ−
१. झराली काम/विना ज्यालामा गराइने काम/ बेगारी,
२. भाडा/किराया,
३. काम/धन्दा/पेसा,
४. नरक पर्ने जीवको नरकको वास,
५. फलितज्योतिषका एघार करणमध्ये सातौं भद्रानाम भएको करण । यसको योग मङ्गलकार्यमा शुभ मानिन्न, विष्टिको - मुखमा पाँच, गलामा एक, हृदयमा एघार, नाइटोमा चार, कम्मरमा छ र पुच्छरमा तीन घडी हुन्छन् । अरू ठाउँको घडीमा हानि र पुच्छरको घडीमा सिद्धि प्राप्त हुन्छ । सामान्यतः ६० घडीको तिथि मानेर यो विभाग गरिएको छ । भद्राको भोग तिथ्यर्ध हुन्छ । कुनै तिथिको पूर्वार्धमा र कुनै तिथिको परार्धमा भद्रा हुन्छ ।