संस्कृत-शब्दकोशः

विष्ठेष्ठा विष्णुऋक्ष

विष्णु

विष्णुः (पुंलिङ्ग)


निष्पत्ति− विष्लृ (व्याप्तौ) - "नुः" (उ० ३-३९)
व्युत्पत्ति− वेवेष्टि । विशति सर्वभूतानि विशन्ति सत्वभूतान्यस्मिन् इति वा ।
प्रयोग− "विमार्जयन्ती वृजिनात्पुनीते विष्णोरोयं विक्रमवैजयन्ती"
उल्लेख− याद० १८-४३
विस्तार− "यस्माद्विश्वमिदं सर्वं तस्य शक्त्या महात्मनः । तस्मादेवोच्यते विष्णुः विशधातोः प्रवेशनात् ॥" - विष्णूपु०

अर्थ−
१. विष्णुस्मृति बनाउने विद्वान्,
२. अग्नि,
३. तपस्वी पुरुष,
४. बाह्र आदित्यहरूमध्ये एक,
५. श्रवणनक्षत्र,
६. भगवान् विष्णु-सत्ययुगमा- सेतो, त्रेता युगमा - रातो, द्वापरमा - श्याम र कलिमा - कालो वर्ण गरी विश्वलाई पालना गर्ने परमात्माको सगुण सात्त्विक रूप जसका चौबीस अवतार वा दश अवतार भएको कुरा पुराणमा प्रसिद्ध छ । परमात्मा व्यापक हुनाको कारण विष्णु भनिएको हो ।



Correction: