वीणा (स्त्रीलिङ्ग)
अर्थ−
१. बिजुली,
२. एक प्रसिद्ध तार बाजा, जसको नालमा तल ठुलो काठको खोक्रो डल्ला (तुम्बा) र माथि सानो काठको खोक्रो डल्ला (तुम्बा) तथा नालमा तार कस्ने मुर्रा रहन्छ । नालको माथिको टुप्पा पछिल्तिर फर्केको हुन्छ । वीणाको नाल - वीणाको दण्ड - ‘प्रवाल’ (पं.न.), साततार लगाइने वीणा - ‘परिवादिनी’ (स्त्री.), वीणा बजाएर गाउँछ - ‘उपवीणयति’ (ना.धा.), वीणा बजाउने - ‘वीणानादः/वीणावादकः’ (पुं.) , तीन तार लगाइने वीणा - ‘त्रितन्त्री’ (स्त्री.), बायाँ हातले वीणा बजाइने क्रिया - ‘तलः’ (पुं.) / ‘तलम्’ (न.),वीणाको नालको घुमेको ठाउँ - ‘ककुभः’ (पुं.), वीणाको झङ्कार - ‘उपक्वणम्/उपक्वाणम्’ (न.), खराब वीणा - ‘अपवीणा’ (स्त्री.), खराब वीणा राख्ने व्यक्ति - ‘अपवीणः’ (पुं.), सरस्वतीको वीणा - ‘कच्छपी’ (स्त्री.), तुम्बुरुको वीणा - ‘कलावती’ (स्त्री.), नारदको वीणा - ‘महती’ (स्त्री.), विश्वावसुको वीणा - ‘बृहती’ (स्त्री.),शिवको वीणा - ‘अनालम्बी’ (स्त्री.), मुर्रा लगाएको छ वटा वीणा - ‘षट्कर्णम्’ (न.), वीणाको तान बाँध्ने डोरी - ‘उपनाहः/ दोरकः’ (पुं.) ।
“विश्वावसोस्तु बृहती तुम्बुरोस्तु कलावती ॥
महती नारदस्य स्यात्सरस्वत्यास्तु कच्छपी ॥”