वीररसः (पुंलिङ्ग)
अर्थ−
१. लडाइँसम्बन्धी भाव,
२. साहित्यमा नौ रसमध्ये एक/यसमा उत्साह स्थायिभाव, नायक आदि आलम्बन, विभाव, प्रभाव, बल, मद, स्थैर्य आदि उद्दीपन र घमन्ड आदि सञ्चारी भाव हुन् । यसको वर्ण सुनझैँ पहेँलो र देवता इन्द्र हुन् । दानवीर, धर्मवीर, युद्धवीर, दयावीर आदि र सत्य, क्षमा, पाण्डित्य, बल, वीर आदि वीररसका भेद हुन् ।