वृन्दारण्यम् (नपुंसकलिङ्ग)
अर्थ−
मथुरा जिल्लाभित्र मथुरादेखि ६ माइल पर रहेको एक प्रसिद्ध तीर्थ, यहाँ गोवर्द्धन पहाड छ । यहाँको वन पाँच योजनको मानिएको छ । यहाँ कालिन्दीया र सुषुम्नाख्या नामका नदी छन् । यो कृष्णको क्रीडाभूमि हो ।
“अहो वृन्दावनं रम्यं यत्र गोवर्धनो गिरिः ॥
पञ्चयोजनमेवास्ति वनं मे देहरूपकम् ॥
कालिन्दी या सुषुम्नाख्या परमामृतवाहिनी ॥”
(बुद्धगौतम) ।