वृषोत्सर्गः (पुंलिङ्ग)
अर्थ−
सनातन धर्मअनुसार मरेका मानिसको एघारौं दिनमा वा वर्ष दिनमा (नील, वृषभ) साँढेको फिलामा तताएको फलामे त्रिशूलले डामेर साँढी (गाई) को साथ लगाएर छोडिने कर्म । (यो मानिस नमरेको अवस्थामा पनि धर्मको विचारले छोड्ने गरिन्छ) नील वृषभको लक्षण, हे० नीलवृषभः ।
“वृषस्य दक्षिणे पार्श्वे त्रिशूलाङ्कं समुल्लिखेत् ॥
वृषाज्यसीति सव्येऽस्य..... ॥
तप्तेन पश्चादयसा...... ॥
वृषं वत्सतरीयुक्तमैशान्यां चालयेद्दिशि ॥”
(स्मृतितत्त्व)