वैतानाग्निसंग्रहसंस्कारः (पुंलिङ्ग)
अर्थ−
द्विजजातिका १६ संस्कारहरू मध्ये सोह्रौं संस्कार । जसरी विवाहाग्नि परिग्रहमा आवसथ्याग्नि ग्रहण गरिन्छ, त्यसरी नै हविर्यज्ञ एवं सोमयज्ञ संस्थाका सबै श्रौतकर्मानुष्ठानादि कर्म वैतानाग्नि, श्रौताग्नि, त्रेताग्निमा सम्पन्न हुन्छन् । जसरी वेदाध्ययन अत्यावश्यक कर्म मानिन्छ, त्यसरी नै त्रेताग्नि - संग्रहसंस्कार पनि अत्यावश्यक कर्म मानिन्छ । त्रेताग्नि स्थापित शालामा ८४००० मन्त्रहरूको अनुष्ठान गर्ने विधान छ । उक्त संस्कारलाई अन्तिम संस्कार मानिन्छ । यस सम्बन्धमा ब्राह्मण गन्थहरू - ऋक्परिशिष्ट, अथर्वणपरिशिष्ट, श्रौतसूत्र, गृह्यसूत्र, मीमांसा आदिमा विस्तृत विवेचना भएको छ ।