वैशेषिकदर्शनम् (नपुंसकलिङ्ग)
अर्थ−
छवटा दर्शनशास्त्रमध्ये आचार्य कणादले बनाएको एक दर्शन । यसमा द्रव्य, गुण, कर्म, सामान्य, विशेष, समवाय र अभाव यी सात पदार्थ मानिएका छन् । यसको भनाइ छ - आत्माको यथार्थ ज्ञान तब हुन्छ, जब आत्मादेखि फरक पदार्थहरूको ज्ञान हुन जान्छ, किनभने आत्माको ज्ञान आत्मादेखि अलग द्रव्यहरूको परस्परको साधर्म्य र वैधर्म्यभावको बोधबाट नै हुन जान्छ । धर्म, गुण र कर्म सामान्य हुन् र वस्तुहरूको पारस्परिक पदार्थको वैधर्म्य ज्ञानविशेषबाट हुने गर्छ । उक्त सामान्य र विशेष जस्तो नियम पदार्थहरूको अन्य पदार्थहरूका साथ सम्बन्ध देखाउन जुन समवायनामका नित्यसम्बन्धको सत्ता छ, त्यसको साथ अभाव नामको पदार्थ पनि कम प्रभावशाली छैन । निष्काम कर्महरूको सम्पादन पनि नितान्त जरूरी छ किनकि निष्काम कर्मद्वारा नै तत्त्वज्ञानको साथसाथै मोक्ष प्राप्ति हुने हुनाले निष्काम कर्म मुख्य मानिन्छ ।