वैश्वदेव (विशेषण)
अर्थ−
विश्वदेवसम्बन्धी ।
वैश्वदेवः (पुंलिङ्ग)
अर्थ−
१. देवताहरूलाई पक्वान्न दिने कृत्य,
२. फाल्गुनपूर्णिमामा गरिने वैश्वानर इष्टि ।
वैश्वदेवम् (नपुंसकलिङ्ग)
अर्थ−
१. विश्वेदेवसम्बन्धी यज्ञ वा विश्वेदेवमा चढाइने बलि या नैवद्य,
२. भोजन गर्नु भन्दा पहिले सबै देवताहरूलाई उद्देश्य गरेर अग्निमा हालिने आहुति ।