व्याकरणम् (नपुंसकलिङ्ग)
अर्थ−
त्यो शास्त्र वा नियम जुन कुनै पनि भाषाको (आफ्नो भाषाअनुसार) हुन्छ । जसद्वारा शब्दहरूको प्रयोग निर्माण, शुद्धाशुद्धिको विवेचना आदि गरिन्छ । संस्कृत व्याकरणलाई वेदका छ अङ्गमध्ये एक अङ्ग मानिएको छ । संस्कृतभाषाका प्रसिद्ध आठ व्याकरणकार छन् - इन्द्र, चन्द्र, काशकृत्स्न, आपिशली, शाकटायन, पाणिनि, अमर, जैनेन्द्र ।
“इन्द्रश्चन्द्रः काशकृत्स्नापिशलीशाकटायनाः ॥
पाणिन्यमरजैनेन्द्रा जयन्त्यष्टौ च शाब्दिकाः ॥”
यी बाहेक अरू पनि व्याकरणकार छन् । सरस्वत व्याकरणकार अनुभूति स्वरूपाचार्य आदि । यिनीहरूमा पाणिनीय व्याकरण सबैभन्दा उच्च र प्रामाणिक मानिन्छ ।