संस्कृत-शब्दकोशः

शक्तिग्राहक शक्तितस्

शक्तिचालिनीमुद्रा

शक्तिचालिनीमुद्रा (स्त्रीलिङ्ग)


अर्थ−
नाङ्गो भएर योग गर्नु नहुने हुनाले एक वस्त्रले नाइटोलाई बेरेर एकान्त गुप्त ठाउँमा बसी शक्तिचालिनी मुद्राको अभ्यास गरिन्छ । यसमा एक बित्ता लामो, चार अङ्गुल बाक्लो, खुब नरम र मसिनो सेतो कपडामा डोरी लगाएर कमरमा बाधी सम्पूर्ण शरीरमा खरानी घसेर सिद्धासन गर्दै बसी दुवै नाकबाट प्राणवायुमाथि तानेर अपानवायुमा मिलाइन्छ । त्यतिवेला अश्विनी मुद्राबाट विस्तारै गुदद्वार माथितिर खुम्च्याइन्छ । जबसम्म वायु सुषुम्ना नाडीभित्र पसेर प्रकाशित हुँदैन, तबसम्म गुदद्वार खुम्च्याउँदै रहनुपर्छ । यही किसिमले प्राणयायु रोकेर कुम्भक प्राणायामद्वारा सर्पाकार कुण्डलिनी शक्ति जगाएर माथितिर उठाउने क्रियालाई हठयोगमा शक्तिशालिनी मुद्रा भनिन्छ ।

“नाभिं संवेष्टय वस्त्रेण न च नग्नो न हि स्थितः ॥
गोपनीये गृहे स्थित्वा शक्तिचालनमभ्यसेत् ॥
वितस्तिप्रमितं दीर्घं विस्तारे चतुरङ्गुलम् ॥
मुदुलं धवलं सूक्ष्म वेष्टनाम्बरलक्षणम् ॥
एवमम्बरयुक्तञ्च कटिसूत्रेण योजयेत् ॥
..... ॥”

(घेरण्डसंहिता तृतीयोपदेश)



Correction: