शक्तिपीठम् (नपुंसकलिङ्ग)
अर्थ−
१. देवीको कुनै पनि मूर्ति, यन्त्र वा ढुङ्गो आदि रहेको ठाउँ,
२. सतीदेवीको अङ्ग झरेको ठाउँ, जसका पीठ, महापीठ, शक्तिपीठ र सिद्धपीठ आदि नाम छन् । योगिनीहृदय, यन्त्रहृदय, यन्त्रचूडामणि, लिङ्गपुराण, कूर्मपुराण, स्कन्दपुराण, देवीभागवत आदि ग्रन्थमा पीठको नाम, पीठ देवीको नाम, महादेव वा भैरवका नामहरू छन् । तर एक अर्कासँग सबैजसो मिल्दैनन् ।