शङ्करः (पुंलिङ्ग)
अर्थ−
१. शिव,
२. शङ्कराचार्य,
३. भीमसेनीकपूर,
४. परेवा,
५. रातको समयमा गाइने रागविशेष,
६. एक मात्रिक छन्द जसको प्रत्येक चरणमा १६ र १० को विश्रामबाट २६ मात्राहरू हुन्छन् तथा अन्तमा लघु गुरु रहन्छन् ।
शङ्कर (विशेषण)
अर्थ−
१. मङ्गल गर्ने,
२. फाइदा दिने । ‘शम् - कल्याणं, करोति’ - भन्दा ‘शङ्कर’ यो शब्द बन्यो ।
“शङ्करोषि सदा देव ततः शङ्करतां गतः” (भविष्यपुराण एवं हरिवंश) ।