संस्कृत-शब्दकोशः

शङ्किन् शङ्कुकर्ण

शङ्कु

शङ्कुः (पुंलिङ्ग)


निष्पत्ति− शकि (शङ्कायाम्) - "कुः" (उ० १-३६)
व्युत्पत्ति− शङ्कते अस्मात्

अर्थ−
१. कुनै पनि तीखो र चुच्चो वस्तु,
२. कीला,
३. खम्भा,
४. काँडको टुप्पो,
५. भाला,
६. रूख काटेर रूखमै बाँकी रहेको हाँगोको ठोसो,
७. घडीको सुई,
८. बाह्र अङ्गुलको नाप,
९. कपडा आदिको नाप गर्ने गज,
१०. पातको नसा,
११.लिङ्ग/जननेन्द्रिय,
१२. विष,
१३. पाप,
१४. शिव,
१५. सालको रूख,
१६. कामदेव,
१७. हाँस/हंस,
१८. एक शङ्ख बराबरको सङ्ख्या,
१९. काठ बाँसको कीला,
२० राक्षस,
२१. धमिराको देवल,
२२. प्राचीनकालको सूर्य घडीको छायाँ नाप्ने कीला,
२३. माथि चुच्चो तल मोटो भएको खम्बा,
२४. बाजाविशेष,
२५. नखी नामको वस्तु,
२६. विक्रमादित्यको नवरत्नमध्ये एक विद्वान्,
२७. कुनै खेलको दाउ ।



Correction: