शमनम् (नपुंसकलिङ्ग)
अर्थ−
१. यज्ञमा पशु बलि दिनु,
२. हिंसा/मार्ने क्रिया,
३. शान्ति,
४. दोष/विकार/उपद्रव आदिलाई दवाउनु,
५. अन्न,
६. केराउ (अन्न),
७. तिरस्कार / हेला,
८. चोट / आघात,
९. रात / रात्रि,
१०. वमन विरेचन आदिद्वारा शोधन नगर्ने र समान दोषलाई पनि नबढाउने तर विषमदोषलाई शान्त पार्ने ओखती,
११. आयुर्वेदमा एक प्रकारको वस्तिकर्म । भनाइ छ-
“न शोधयति यद्दोषान् समान्नोद्दीपयत्यपि ॥
समीकरोति विषमान् शमनं तद्यथा स्मृतम् ॥”
(अभिनवनिघण्टु) ।
शमन (विशेषण)
अर्थ−
शान्ति गर्ने ।
शमनः (पुंलिङ्ग)
अर्थ−
१. यमराज,
२. बाह्रसिङ्गा ।