शाकद्वीपः (पुंलिङ्ग)
अर्थ−
१. शाक नामको रूख भएको द्वीप । यो जम्बू द्वीपभन्दा दुई गुना ठुलो (३२००० योजनको) छ । यसलाई क्षीर सागरले घेरेको ७४४०० योजनको छ । यहाँ मणिमय ७ पर्वत छन् । यहाँ मेरुपर्वत र पूर्वबाट पश्चिम फैलेको मलय पर्वत, जलाधार पर्वत, रैवतक पर्वत, उत्तरतिर श्यामगिरि, दुर्गशैल, केसरपर्वतहरू छन् । मेरुपर्वतको नजिक - महाकाशवर्ष, मलयको नजिक - जलधारवर्ष, जलधारको नजिक - सुकुमारवर्ष, रैवतकको नजिक - कुमारवर्ष, श्यामगिरिको नजिक -मणिकाञ्चनवर्ष, केसर पर्वतको नजिक - मोदाकीवर्ष छ । त्यसपछि महापुमान् नामको पर्वत छ,
२. इरान र तुर्किस्तानबीचको त्यो प्रदेश, जहाँ पहिले शक जातिका मानिसहरू बस्थे । भनाइ छ-
“तस्य मध्ये महाद्रुमः शाको नाम सुविश्रुतः ॥
जम्बूद्वीपप्रमाणेन द्विगुणः स नराधिपः ॥
विष्कम्भेण महाराज सगरोऽपि विभागशः ॥
क्षीरोदो भरतश्रेष्ठ येन सम्परिवारितः ॥
तथैव पर्वता राजन् सप्तात्र मणिभूषिताः ॥
................. प्रथमो मेरुरुच्यते ॥
प्रागायतो महाराज मलयो नाम पर्वतः ॥................. जलधारो महागिरिः ॥
उच्चैर्गिरी रैवतको तत्र नित्यं प्रतिष्ठितः । उत्तरेण तु राजेन्द्र श्यामो नाम महागिरिः ॥
दुर्गशैलो महोदयः केसरः केसरैर्युतः । महामेरुर्महाकाशो जलदः कुमुदोत्तरः ॥
जलधारो महाराज सुकुमार इति स्मृतः ॥
रेवतस्य तु कौमारो श्यामस्य मणिकाञ्चनः ॥
केसरस्याथ मोदाकी परेण तु महापुमान् ॥
(महाभारत, भीष्मपर्व) ।