शाल्वः (पुंलिङ्ग)
अर्थ−
१. काशिराजकी छोरी अम्बाले वरण गरिएको सौभ नामको विमानमा बसेर कृष्णसँग लडाइँ गर्दा कृष्णद्वारा मारिएको एक महाभारतकालीन क्षत्रियनरेश,
२. पाण्डवहरूसँग लड्ने एक म्लेच्छहरूको राजा,
३. व्युषिताश्व राजाकी पत्नी भद्राले आफ्नो मृत पतिसँग सुत्दा जन्मेका तीन शाल्व र चार मद्रमध्ये एक राजा,
४. कौरव पक्षको एक योद्धा,
५. प्राचीन एक देश वा त्यहाँको राजा ।