संस्कृत-शब्दकोशः

शासकीय शासनकर्तृ

शासन

शासनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− शासु (अनुशिष्टौ) - भावे "ल्युट्" (३-३-११५)
प्रयोग− १) "भेद्याः शस्त्रोरभिव्यक्तशासनैः सामवायिका" । २) "शासनेऽपि गुरुणि व्यवस्थितं कृतवस्तुषु नियुङ्क्ष्व कामतः" ।
उल्लेख− माघ० २-११३, माघ० १४-१५

अर्थ−
१. कुनै राजा वा सरकारले राष्ट्रको उन्नति र शान्ति सुव्यवस्था चलाउन गरिने कारबाही,
२. आज्ञा/आदेश/ हुकुम,
३. अधिकारलाई उचित सीमा वा मर्यादाभित्र राख्नु,
४. राज्यको कामको व्यवस्था वा सञ्चालन,
५. राज्यको सञ्चालन गर्ने मुख्य अधिकारीहरूको समूह,
६. त्यस्तो आज्ञापत्र जसद्वारा कुनै मानिसलाई कुनै अधिकार दिइन्छ,
७. राजाद्वारा दान गरिएको जमीन,
८. कसैको काममाथि नियन्त्रण गर्नु,
९. दण्ड/सजाय,
१०. इन्द्रियलाई वशमा राख्नु,
११. शास्त्र ।



Correction: