शिक्षा (स्त्रीलिङ्ग)
अर्थ−
१.कुनै भाषा, विषय वा कला आदि सिक्ने वा सिकाउने काम वा क्रिया,
२. गुरुद्वारा विद्या सिक्नु,
३. वेदका ६ अङ्गमध्ये एक जसमा स्वर मात्रा आदिको उच्चारण गर्ने नियमहरू छन्,
४. कुनै पनि विषयको उपदेश वा सल्लाह,
५. विनय/नम्रता,
६. गुरुसँग सिकिने पाठ,
७. शासन । (वैदिक शिक्षाग्रन्थमध्ये - ऋग्वेदको पाणिनीय शिक्षा, कृष्णयजुर्वेदको व्यासशिक्षा, शुक्लयजुर्वेदको याज्ञवल्क्यशिक्षा आदि शिक्षाग्रन्थ, सामवेदको गौतमी, लोमशी, नारदीय आदि शिक्षाग्रन्थ र अथर्ववेदको माण्डूकीशिक्षा उपलब्ध छ ।