शिखी (पुंलिङ्ग)
अर्थ−
१. मयूर,
२. कुखुरा,
३. सारसविशेष,
४. साँढे,
५. घोडा,
६. आगो,
७. चितुको बोट,
८. तीनको सङ्ख्या,
९. बलेको बत्ती,
१०. लामपुच्छ्रे तारा,
११. पित्त,
१२. मेथी,
१३. बाण,
१४. कुरिलो,
१५. ब्राह्मण,
१६. रूख,
१७. पर्वत,
१८. जटा पालेको साधु,
१९. इन्द्र,
२०. बकुल्ला चरा,
२१. नागविशेष,
२२. अपामार्ग,
२३. विषविशेष,
२४. सातथरी शैवमध्ये एक, जसले शिखासूत्र कायम राखेर द्विजत्वमै बसेर योगाभ्यासद्वारा समाधि गर्छन्, शरीरमा खरानी घस्छन्, रुद्राक्ष धारण गर्छन् र ब्रह्मचर्यमा बसेर सभाव पाशवकल्पबाट उपासना गर्छन् । भनाइ छ-
“शिखी पाशुपतो देवि शिखामूलधरः शुभः ॥
समाधितत्परो देवि ! समाधौ शिवपीठधृक् ॥
रुद्राक्षं च तथा भस्म लिङ्गं शैवाभिधं शिवे ॥
प्रसन्नात्मा शान्तचित्तो ब्रह्मचारी प्रकीर्तितः ॥”