संस्कृत-शब्दकोशः

शिरस्य शिराजाल

शिरा

शिरा (स्त्रीलिङ्ग)


विस्तार− "शिरो ना पिप्पली मूले स्यात् धमन्यां च योषिति" - मेदि०

अर्थ−
१. पृथ्वीको भित्रैभित्र बग्ने पानीको सतह,
२. शरीरको सन्धि बाँध्ने र वातादिदोष तथा रसादिधातु बगाउने नीला रङका साना ठूला नसाहरू । शिरा -स्थूल सूक्ष्मका भेदले दुईथरी हुन्छन्, यसको मूलस्थान नाइटो हो । नाइटोबाटै तलमाथि र अगल - बगल फैलिएका छन् । मूल शिरा ४० छन्, जसमध्ये १० वातवाहिनी,
१० पित्तवाहिनी,
१० कफवाहिनी र १० रक्तवाहिनी, यी चारैवटा प्रत्येकका १७५ हाँगा फैलिंदा जम्मा शिरा ७००० हुन जान्छन् । भनाइ छ- ‘सन्धिबन्धनकारिण्यो दोषधातुवहाःशिराः’ (शार्ङ्गधरसंहिता) ।



Correction: