संस्कृत-शब्दकोशः

शिरिषपत्रिका शिरीषक

शिरीष

शिरीषः (पुंलिङ्ग)


निष्पत्ति− शृ (हिंसायाम्) - "ईषन्" (उ० ४-२७)
प्रयोग− "पदं सहेत भ्रमरस्य पेलवं शिरीषपुष्पं न पुनः पतत्रिणः"
उल्लेख− कुमा० ५-४

अर्थ−
पौने अङ्गुल चाक्लो, पास डेढ-दुई अङ्गुल लामो, डाँठको दुवैतिर एक नासको जुटेर रहने पात, पातको जोर्नीबाट तीनअङ्गुलमा डाँठको टुप्पामा फुल्ने हरियो पुष्पासनसँग जुटेको पाँच पंखडीको ढुङ्ग्रे छाँटको हरियो भावको फूल हुने एक वनस्पति जसमा रौँझैँ मसिना गुटुमुटिएका वसन्ती रङका २०/२५ केसरा वरिपरि रहँदा झुप्पाझैँ देखिने र मधुर सुगन्ध आउने वैशाख लाग्दा फुल्ने फूल/ आठ नौ अङ्गुल लामो दुई अँगुल चाक्लो चेप्टो बदामी रङ्गको कोसाभित्र सात आठ ओटा बियाँ हुन्छन् । शिरीष रातो - ‘देवशिरीषः’ (पुं.), पानी वा सेपिलो ठाउँमा हुने शिरीष- ‘शिरीषिका’ (स्त्री.), शिरीषको फूल -‘शिरीषम्’ (न.) ।



Correction: