शिवः (पुंलिङ्ग)
अर्थ−
१. फलाम,
२. मरीच,
३. पारो,
४. वेद,
५. काठको डेढ दुई हात लामो र मोटो कीला,
६. गुग्गुल,
७. शुभग्रह,
८. मृगविशेष,
९. लिङ्ग/जननेन्द्रिय,
१०. नाचविशेष,
११. गुडको रक्सी,
१२. तिलको फूल,
१३. ठेउवा चरा,
१४. कौवा,
१५. मौलसिरीको रूख,
१६. विष्कम्भ आदि २७ योगहरूमध्ये एक,
१७. स्याल,
१८. जम्बूद्वीपको एक वर्ष,
१९. एक छन्द जसको प्रत्येक चरणमा ५,
६ को विश्रामले ११ मात्राहरू र अन्तमा सगण, रगण, नगणमध्ये कुनै एक गण र तेस्रो छैटौं तथा नवौं मात्रा लघु हुन्छन्,
२०. दमनाको बोट,
२१. शिलाजित,
२२. कालो धतुरो,
२३. देवता,
२४. मोक्ष,
२५. एकादशीतिथि,
२६. भगवान् शिव/परमेश्वर, हिन्दूहरूले उपासना गरिने प्रसिद्ध देवता । तन्त्र र पुराणअनुसार अनेक रूप छन् - सदाशिव, चिन्तामणि, पार्थिवेश्वर, मृत्युञ्जय, महामृत्युञ्जय, दक्षिणामूर्ति, अर्द्धनारीश्वर, अघोररूप, सद्योजात, विश्वरूप, चण्डेश्वर, पञ्चवक्र, दिग्वाह, ईशान, पशुपति, आदि । शिवको वासस्थान - ‘कैलासः’ (पुं.), शिवको छोरा - १. ‘गणेशः’ (पुं.),
२. ‘कार्तिकेयः’ (पुं.), शिवकी पत्नी - ‘पार्वती’ (स्त्री.), शिवको धनु - ‘अजगवम्’ (न.), ‘पिनाकः’ (पुं.), शिवको त्रिशूल – ‘महितम्’ (न.), शिवको जटा – ‘कपर्दः’ (पुं.), शिवको वाहन वा द्वारपाल - ‘नन्दी’ (पुं.) (‘नन्दिन्’), शिवको पार्षद - ‘प्रमथः’ (पुं.) ।
शिव (विशेषण)
अर्थ−
१. शुभ वा कल्याण गर्ने,
२. राम्रो स्वास्थ्य भएको ३. मङ्गल/भलो ।
शिवम् (नपुंसकलिङ्ग)
अर्थ−
१. कल्याण / भलो,
२. आनन्द,
३. मोक्ष,
४. पानी,
५. पाँगानुन,
६. सिधेनुन,
७. सफा गरेको स्वाग,
८.फिटकिरी,
९. चाँदी,
१०, चन्दन/श्रीखण्ड ।