शिवलिङ्गी (स्त्रीलिङ्ग)
अर्थ−
वर्षा ऋतुको सुरुमा उम्रेर शरद् ऋतुमा फुल्ने फल्ने र मार्गमा पाक्ने एक लहरो । यसमा करेलाको छाँटको पाँचवटा चुच्चाचुच्ची परेको पात, खुर्सानीको जस्तो सेतो फूल, काँचोमा सेतो छिर्का र हरियो बोक्रो, पाकेपछि सेतो छिर्का र रातो बोक्रो हुने जंगली बयर जत्रो झुप्पा लागेर लस्सा भएको, सेतो रस हुने फल जसमा शिवलिङ्गका आकारको बियाँ रहन्छ यसैले यसलाई शिवलिङ्गी भनिन्छ । पातमा मसिनो झुस र पातको डाँठमा काँडो हुन्छ ।