शिवाबलिः (पुंलिङ्ग)
अर्थ−
सन्ध्याकालमा सहर बाहिर बेलको बोटमुनि, एकान्त ठाउँमा वा मसानमा काली काली भन्दै मासु प्रधान नैवेद्य देवीमा चढाइने तान्त्रिकविधि । यसमा स्यालरूप लिएर उमादेवीले सपरिवार आएर नैवेद्य खाई ईशान कोणमा गएर राम्रो स्वरले कराएमा मङ्गल हुने कुरा जान्नु । भनाइ छ-
“बिल्वमूले प्रान्तरे वा श्मशाने नगराद्बहिः ॥
मांसप्रधानं नैवेद्यं सन्ध्याकाले निवेदयेत् ॥
कालिकालीति वक्तव्यं तत्रोमाशिवरूपिणी ॥
पशुरूपधरा यातिः परिवारगणैः सह ॥
भुक्त्वा रौति यदैशान्यां मुखमुत्तोल्य सुस्वरम् ॥
तदेव मङ्गलं विद्यान्नान्यथा कुलपूजनम् ॥”
(कुलचूडामणि) ।