शिष्यः (पुंलिङ्ग)
अर्थ−
१. विद्यार्थीले पालना गर्नुपर्ने नियममा रहेको चेलो,
२. रिस । शिष्य बन्नु -‘उपसदनम्’ (न.) । शिष्यको लक्षण - शान्त, विनम्र, शुद्ध (कपट नभएको) गुरुमा श्रद्धा गर्ने, गुरुले बताएको कुरा सम्झिराख्ने, विद्या लिन सक्ने, उच्चकुलको, बुद्धिमान्, सच्चरित्र, व्रत गर्न सक्ने आदि गुण भएको हुनुपर्छ । भनाइ छ-
“शान्तो विनीतः शद्धात्मा श्रद्धावान् धारणक्षमः ॥
समर्थश्च कुलीनश्च प्राज्ञः सच्चरितो व्रती ॥
एवमादिगुणैर्युक्तः शिष्यो भवतु नान्यथा ॥”
(दीक्षाप्रकाश) ।