शुक्रः (पुंलिङ्ग)
अर्थ−
१. शुक्रग्रह,
२. शुक्राचार्य,
३. अग्नि,
४. शुक्रवार,
५. जेठ महिना,
६. चितुको बोट,
७. आँखामा हुने फूलो रोग,
८. अँडिरको बोट ।
शुक्र (विशेषण)
अर्थ−
१. चम्किलो,
२. सफा ।
शुक्रम् (नपुंसकलिङ्ग)
अर्थ−
१. धन / सम्पत्ति,
२. सुन,
३. बल / पुरुषार्थ,
४. पुरुषको वीर्य,
५. कुनै पनि वस्तुको सारभाग ।