शुद्ध (विशेषण)
अर्थ−
१. पवित्र /चोखो,
२. सफा,
३. निर्दोष/ त्रुटि वा गल्ती नभएको,
४. सेतो,
५. दाग नलागेको,
६. सरल स्वभावको,
७. इमान्दार,
८. धर्मात्मा,
९. कुनै चिज नमिसिएको ।
शुद्धः (पुंलिङ्ग)
अर्थ−
१. शिव,
२. विष्णु,
३. चौधौं मनुका सप्तर्षिहरूमध्ये एक ।
शुद्धम् (नपुंसकलिङ्ग)
अर्थ−
१. सिधेनुन,
२. पवित्र वस्तु,
३. मरीच,
४, सफा वा निर्दोष आत्मा,
५. निरङ्ग रूपकका दुई भेदमध्ये एक, जब एक उपमेयमा एक नै उपमानको आरोप हुन्छ, त्यहाँ शुद्ध रूपक हुन्छ,
६. सङ्गीतमा स्वरहरूका भेदमध्ये एक,
७. चाँदी ।