शूर्पणखी (स्त्रीलिङ्ग)
अर्थ−
रामायणअनुसार लक्ष्मणद्वारा नाक, कान काटिएको रावणकी बहिनी राक्षसी जसको पिताको नाम विश्रवा र आमाको कैकसी थियो । महाभारतअनुसार आमाको नाम राका र लोग्नेको नाम विद्युज्जिह्व थियो । भनिएको छ-
“ततः शूर्पणखा नाम संजज्ञे विकृतानना ॥
विभीषणश्च धर्मात्मा कैकस्याः पश्चिमः सुतः ॥
(वाल्मीकिरामायण, उत्तरकाण्ड) ।
“राकायां मिथुनं जज्ञे खरः शूर्पणखा तथा ॥”
(महाभारत, वनपर्व) ।