शोभनः (पुंलिङ्ग)
अर्थ−
१. अग्नि,
२. शिव,
३. ग्रह,
४. ज्योतिषका २७ योगहरूमध्ये एक योग,
५. एक मात्रिक छन्द, जसको प्रत्येक चरणमा चौवीस मात्रा हुन्छन्, चौध र दश अक्षरमा विश्राम हुन्छ र अन्त्यमा जगण आउँछ,
६. मालकोसको पुत्र मानिने एक राग ।
शोभन (विशेषण)
अर्थ−
१. राम्रो/सुन्दर,
२. चम्किलो,
३. उत्तम/ श्रेष्ठ,
४. कल्याण गर्ने,
५. धर्मात्मा,
६. उचित/ ठीक ।
शोभनम् (नपुंसकलिङ्ग)
अर्थ−
१. सौन्दर्य,
२. कान्ति / चमक,
३. कमल,
४. गहना,
५. राङधातु,
६. सिन्दूर,
७. पुण्य,
८. मुर्दाशङ्ख ।