श्यामः (पुंलिङ्ग)
अर्थ−
१. कृष्ण,
२. प्रयागराजको अक्षयवट,
३. साँवाधान,
४. एक राग जुन साँझको वेला एक दण्डदेखि पाँच दण्डसम्म गाइन्छ,
५. सिधेनुन,
६. धतुरो,
७. दाँते ओखर,
८. बाटुलपाते,
९. कोइली चरो,
१०. श्यामनामको देश,
११. दमना,
१२. कन्नौजप्रान्तको एक देश ।
श्याम (विशेषण)
अर्थ−
१. कालो,
२. आकाशी/आकाशे रङको ।
श्यामम् (नपुंसकलिङ्ग)
अर्थ−
१. मरीच,
२. समुद्री नुन ।