श्यामा (स्त्रीलिङ्ग)
अर्थ−
१. राधादेवी,
२. सोह्रवर्षकी तरुनी,
३. काली गाई,
४, जमुना नदी,
५. रात्रि/रात,
६. स्त्री,
७. पोथी परेवा / परेवी,
८. कालो निसोथ,
९. प्रियङ्गु/दँयालो,
१०.बाकुची,
११. नीरको बोट,
१२. गुग्गुल,
१३. सोमलता,
१४. ऐफेरु,
१५. भद्रमोथे,
१६. गुर्जो,
१७. कस्तूरी,
१८. पाषाणभेद,
१९. पिपला,
२०. हलेदो,
२१. हरियो दूबो,
२२. तुलसी,
२३. कमलगट्टा,
२४. बाटुलपाते,
२५. सिसौ,
२६. सामा (धान),
२७. कालो पुनर्नवा,
२८. गोरोचन,
२९. लता कस्तुरी,
३०. मेषशृङ्गी,
३१. हर्रो,
३२. कालिकादेवी,
३३. कालो छाया,
३४. कृष्णपक्षको रात,
३५, काली स्त्री/ कलचौंडी,
३६. सन्तान नभएकी स्त्री,
३७. पोथी कोइली,
३८. पगालेको सुन जस्ती स्त्री, ‘तप्तकाञ्चनवर्णाभा सा स्त्री श्यामेति कीर्त्यते’ (महाभारत, आदिपर्व ११५/२४) ।
“शीतकाले भवेदुष्णा ग्रीष्मे च सुखशीतला ॥
तप्तकाञ्चनवर्णाभा सा स्त्री श्यामेति कीर्त्यते ॥”
(जैनभारत १४/९२),
३९. एक सुरिलो जङ्गली बोली बोल्ने चरा, यसको भालेको नीलो टलक भएको कालो रङ्गको शरीर हुन्छ, पुच्छरनिर सेतो टाटा हुन्छ, कैलो आँखा हुन्छ, कालो ठुँड, पहेँलो खुट्टा र लामो पुच्छर हुन्छ । पोथी कैलो रङको हुन्छ र शरीरको अरु सबै भाग भालेको जस्तै हुन्छ । यो सारौ चराभन्दा अलिकति सानो हुन्छ ।