श्राद्धम् (नपुंसकलिङ्ग)
अर्थ−
१. पितृपक्ष,
२. श्रद्धापूर्वक गरिने काम,
३. परलोक भएका पितृहरूको लागि आफूलाई मिठो लाग्ने र खाइने वस्तु श्रद्धासाथ चढाउँदै गरिने एक कर्म वा पूजा ।
“प्रेतं पितॄंश्च निर्दिश्य भोज्यं यत्क्रिययात्मनः ॥
श्रद्धया दीयते यत्र तच्छ्राद्धं परिकीर्तितम् ॥”
(निर्णयन्धु) परलोक भएका पितृहरूको उद्देश्यले शास्त्रले बताएको वेला र देश (ठाउँ)मा पकाएको वा काँचो अन्न तथा सुन आदि द्रव्य विधिपूर्वक चढाउनु वा दान गर्नु श्राद्ध भनिन्छ । ‘पित्रादीन्मृतानुद्दिश्य विहिते काले देशे पक्वान्नामान्नहिरण्यान्यतमद्रव्यस्य विधिना दानं श्राद्धम्’ (धर्मसिन्धु) । दूध दही घिउसहितका व्यञ्जनहरू तयार गरी श्रद्धासाथ चढाउनु पनि श्राद्ध नै हो ।
“संस्कृत्य व्यञ्जनाढ्यं च पयोदधिघृतान्वितम् ॥
श्रद्धया दीयते यस्मात्तच्छ्राद्धं तेन गद्यते ॥
(आख्यातचन्द्रिका) देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरूको उद्देश्य गरी विद्वान् ब्राह्मणलाई दान गर्नु पनि श्राद्ध नै हो –
“देशे काले च पात्रे च श्रद्धया विधिना च यत् ॥
पितृनुद्दिश्य विप्रेभ्यो दत्तं श्राद्धमुदाहृतम् ॥”
उपर्युक्त प्रकारको श्राद्ध पहिले ब्रह्माजीले गरे अनि दत्तात्रेयका छोरा निमिले आफ्नो श्रीमान्
श्राद्ध (विशेषण)
अर्थ−
अन्नदाताको सोझो किसिमले काम गर्ने/ नमक हलाल/इमान्दार ।