श्राद्धदेवता (स्त्रीलिङ्ग)
अर्थ−
१. श्राद्धका अधिष्ठाता देवता यमराज ।यिनका पिता सूर्य, माता संज्ञा र दाजु वैवस्वतमनु हुन् । यिनलाई प्रजापति भनिन्छ - ‘मनुर्वैवस्वतः पूर्वं श्राद्धदेवः प्रजापतिः’ (हरिवंशपुराण ८/९),
२. श्राद्धमा निम्त्याइएको ब्राह्मण,
३. पितृलोक ।