श्राद्धपुष्पम् (नपुंसकलिङ्ग)
अर्थ−
स्त्रीसंभोग गर्ने शक्ति, राम्री स्वास्नी र खाने कुराहरू, खाएको कुरा पचाउने शक्ति, प्रशस्त सम्पत्तिको साथ साथ दान गर्ने निष्ठा, राम्रो रूप र स्वास्थ्य, यी सबै श्राद्धरूपी वृक्षका फूल मानिएका छन् र ब्रह्मप्राप्ति श्राद्धको फल मानिएको छ –
“रतिशक्तिः स्त्रियः कान्ता भोज्यं भोजनशक्तिता ॥
दानशक्तिः सविभवा रूपमारोग्यसम्भवः ॥
श्राद्धपुष्पमिदं प्रोक्तं फलं ब्रह्मसमागमः ॥”
(स्मृतितत्त्व, प्रथमभाग) ।