संस्कृत-शब्दकोशः

श्रीक्षेत्र श्रीखण्डशैल

श्रीखण्ड

श्रीखण्डः (पुंलिङ्ग)

व्युत्पत्ति− श्रियः शोभायाः खण्ड इव
विस्तार− "मालयस्तु स्याच्छ्रीखण्डो रौहिणश्च सः" - त्रिकाण्ड०

अर्थ−
प्रसिद्ध एक रूख, जसको काठ घोटेर चन्दन बनाइने र कुटेर ओखती बनाइने गरिन्छ, जसको तेल अति सुगन्धित हुन्छ । यसको बाहिरी भाग कालो हुन्छ । भित्री भाग गुलाफी रङ्गको हुन्छ । पलाँस (बाहिरी भाग) बास्ना नआउने हुन्छ । अग्राख अर्थात् भित्री भाग तेल भएको खुब बास्ना आउने हुन्छ । यसको १ - २ इन्च लामो तीखो छाँटको पात, पहेँलो रङको वैजनी रङको फूल र आधा इञ्च गोलाइको (डल्लो) पाकेपछि कालो हुने फल हुन्छ । सारो र भित्री भाग फिका पहेँलो हुने ३० - ४० फिट अग्लो रूख हन्छ । यसको फूल, फल, पात वा बोक्रामा सुगन्ध हुँदैन । वर्षादेखि जाडो मौसमसम्म फुल्ने र पछि फल लाग्ने गर्छ । यसको बोट ५० वर्षको भएपछि पाको हुन्छ । यो भारतको मालावार, मैसूर, कुर्डा आदि प्रान्तमा हुन्छ । सम्मभन्दा पहाडी भागमा हुने श्रीखण्डमा धेरै र असल तेल निस्कने गर्छ । एक मन काठबाट आधापाउ तेल निस्कन्छ । जुन श्रीखण्ड चन्दन घोट्दा पहेंलो, स्वादमा पिरो, काट्दा रातो, माथिल्लो भाग सेतो र सारो हुन्छ त्यो असल मानिन्छ । यसको सुकेको काठलाई ‘सुक्कडि’ र आलो काठलाई ‘वेट्ट’ भनी निघण्टुमा वर्णन गरिएको छ । (इ.गु.वि.) संसारमा श्रीखण्डका २० प्रजाति छन्, यीमध्ये मुख्य ३ प्रजाति व्यापारिक दृष्टिले महत्त्वका छन् । भारती चन्दन, पैसेफिक चन्दन, जुन विशेषतः अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुन्छ । यी देशबाहेक चीन र मलेशियामा पनि श्रीखण्ड पाइन्छ । अब जापान र अफ्रिकामा पनि लगाउन थालेका छन् । भारतमा खासगरी कर्नाटक, तमिलनाडु, केरला, आन्ध्रप्रदेश, महाराष्ट्र, उडीसा र मध्यप्रदेशका केही भागमा यो प्राकृतिक रूपमा हुन्छ । पहिले श्रीखण्डको मूलस्थान भारत भन्ने थियो । अब जलद्वीप (इण्डोनेशियाको जाबा द्वीप) मूलस्थान हुन गएको छ । श्रीखण्ड सधैँ हरियो रहने परजीवी रूख हो । यो हास्टोरियाको सहायताले अर्को रूखको जरामा जोडिन्छ । यसका परपोषक असना, खयर, कालो वा सेतो सिरिस, अमलतास, हर्रो, नागफनी, नीम, आँक आदि हुन् । यसमा नयाँ पालुवा, फल तथा फूल सालमा दुई पटक लाग्छन् - वर्षाद अघि र वर्षात पछि ।

श्रीखण्डम् (नपुंसकलिङ्ग)

Correction: